हैजा सम्बन्धी गुनासो सुन्न काठमाडौं महानगरकाे २४ घण्टे हटलाइन सेवा

लोकपथ
26
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि हैजा सम्बन्धी समस्या समाधान गर्न २४ सै घण्टा हटलाइन टेलिफोन सञ्चालन थालेको छ । हटलाइन टेलिफोनकाे लागि ११८० नम्बरसमेत सार्वजनीक गरेकाे छ ।

महानगरले हैजाको प्रकोप भएको ठाउँमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्न सम्बन्धित वडाका महिला स्वास्थ्य स्वयंसेविका र वास स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले जनस्वास्थ्य सम्बन्धी जोखिम पूर्वअनुमान गरेर व्यवस्थापनका काम थालिएको  र जनस्वास्थ्यको सवालमा कुनै पनि कुरामा सम्झौता नगर्ने बताएका ५ छन् । त्यस्तै मेयर शाहले नगरबासीलाई पानी उमालेर मात्र पिउन र खाद्य स्वच्छतामा ख्याल गर्न अपिलसमेत गरेका छन् ।

त्यस्तै हैजा राेकथामकाे लागि महानगरले सडकमा खानेकुरा बेच्न नदिन नेपाल प्रहरीसँग सहकार्य गर्ने भएको छ । होटल रेष्टुरेन्टको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध पनि गरेको छ ।

साथै पानीको पाइपलाइन तथा ढल प्रणालीको चुहावट र ढल फुटेर पानीमा मिसिएको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरेको छ ।

यसअघि ११८० नम्बरलाई कोभिड रोकथाम तथा नियन्त्रणका लागि प्रयोग गरिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?