सभामुख सापकोटाद्वारा दुई विधेयक प्रमाणित

लोकपथ
78
Shares

काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले आज दुई विधेयक प्रमाणित गरेका छन् ।

सभामुख सापकोटाले प्रतिनिधि सभाको असार ७ गते बसेको बैठकमा राष्ट्रिय सभाबाट भएका संशोधनहरु सर्वसम्मतिबाट स्वीकृत भएपछि पारित भएका ‘बिरूवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘बिउ बिजन (दोस्रो संशोधन) विधेयक, २०७६’ आज प्रमाणित गरेका हुन् ।

सभामुख सापकोटाले प्रमाणित गरेका यी दुई विधेयक अब राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि विधेयकले कानुनी रुप लिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?