१ भाद्र २०७९, बुधबार

गायिका दिलमायाको मृत्यु प्रकरण : प्रेमीलाई पाँच दिन हिरासतमा राख्न अनुमति

२०७९,असार,१३,सोमवार १९:५९

216
Shares

काठमाडौं । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरणमा पक्राउ परेका सूर्य भन्ने खिलबहादुर श्रेष्ठलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

जिल्ला अदालत काठमाडौंले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका(१ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुरलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो । गत शनिबार बिहान ११ बजे तार्केश्वर नगरपालिका-११ नेपालटारस्थित एक घरको डेरामा सुर्खेत गुर्भाकोट नगरपालिका-२ घर भएकी ३३ वर्षकी गायिका दिलमाया मृत फेला परेकी थिइन् । दिलमायाको शव फेला पर्नुअघि शनिबार बिहान १:२० बजे उनको फेसबुकबाट सुसाइड नोट पोष्ट भएको थियो ।

सुसाइड नोट नै भएका कारण आत्महत्याको शंका गरिएको भए पनि शव छोछ्यानमा र घाँटीमा निलडाम फेला परेको देखिएको थियो । घटनास्थलको अवस्थाले त्यस दिन दुई जना सँगै बसेको पाइएपछि प्रहरीले विभिन्न पाटोबारे अध्ययन गरेको थियो । त्यसक्रममा सुनारसँग लिभिङ टुगेरदरमा बस्ने प्रेमी भनिएका सूर्य पनि त्यहाँबाट भागेको खुल्यो । सुरूमा उनले आफू घटना हुनुअघि नै त्यहाँबाट हिँडेको बताएका थिए । तर सिसिटिभी फुटेज हेर्दा भने उनी घटना भएको समयमा त्यही भएको देखिएको थियो । त्यसपछि उनले त्यहाँबाट लगेको सल महाराजगञ्जमा फालेको भनेको आधारमा प्रहरीले उक्त सल फेला पारेको थियो ।

तर प्रहरीले दिलमायाको मोबाइल फोन भने फेला पारेको छैन । सूर्यविरूद्ध मृतकका बुवा खिलबहादुर श्रेष्ठले ज्यानसम्बन्धी कसुरमा जाहेरी दिएपछि म्याद थप गरेको हो ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १९:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्दपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको

ताजा समाचार