१ भाद्र २०७९, बुधबार

वर्षाका कारण एक पालिकाकाे सबै सडक ठप्प, घण्टाैंकाे बाटाे पैदलै हिँड्न स्थानीय बाध्य

२०७९,असार,१३,सोमवार १९:३९

423
Shares

खोटाङ । भारी वर्षाका कारण खोटाङको बराहपोखरी गाउँपालिकाका सबै सडक ठप्प भएको छ । गत १० असार राती परेको अबिरल वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खस्दा धाप्लाङ–गाउँपालिकाको कार्यालय–बराहपोखरी, बंशिलाघाट–मौवाबोटे, कम्पुघाट–गाउँपालिकाको कार्यालय, पौवासेरा–गाउँपालिकाको कार्यालय लगायतका सडक अवरुद्ध भएको हो ।

कच्ची सडक अवरुद्ध हुँदा मालबाहक तथा यात्रु बाहक सवारी साधन चल्न नसकेको बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राईले बताए । धाप्लाङ–बराहपोखरी र बंशिलाघाट–मौवाबोटे सडक गाउँपालिका र उदयपुर जोड्ने सडक हो । सवारी साधन नचल्दा स्थानीय पैदल यात्रा गर्न बाध्य छन् ।

भारी वर्षाका कारण कतिपय सडक खण्डमाथिबाट पहिरो खसेको छ । सडकको नाली र तारजालीसहितको पर्खाल पहिरोले पुरिनुका साथै बाढीले बगाएको छ । सडकमा ठूला–ठूला ढुंगा खसेको उपाध्यक्ष राईले बताए । अवरुद्ध सडकमा बाइक सञ्चालन गर्न मिल्ने गरी बाटो मर्मत थालिएको छ ।

सडक खुलाउनका लागि गाउँपालिकाकै जेसिभि प्रयोग गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । ‘ठूला ठूला ढुंगा पल्टिएर सडकमा थुप्रिएको छ । गाडी चल्ने अवस्था छैन,’ उपाध्यक्ष राईले भने, ‘हाललाई बाइक कुदाउन मिल्नेगरी बाटो बनाउने काम भइरहेको छ । जेसिभी पनि पठाउने तयारी गरिरहेका छौँ । तर ठूलो ठूलो ढुंगा जेसिभीले पन्छाउन सक्ने अवस्था छैन ।’

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १९:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लागेको महाअभियोग प्रस्तावलाई सत्तापक्षका चाँडो टुंग्याउने पक्षमा उभिएका छन् । तर, प्रमुख प्रतिपक्षी दल नेकपा

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोगबारे अध्ययन गर्न गठित महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा छलफल सुरु भएको छ । समितिका

ताजा समाचार