हैजाबाट बच्न के-के गर्ने ? यस्तो छ चुमनलाल दासको सुझाव

लोकपथ
143
Shares

काठमाडौं । एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताएका छन् ।

सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आम नागरिक र सरोकारवाला निकायहरु सजग रहनुपर्ने आवश्यक्ता रहेको बताए। उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदुषित देखिएको बताए। उनले तीन ठाउँमध्ये ललितपुरको सानेपा र काठमाडौंको वागबजार, डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदुषित पानी फेला परेको बताए।

निर्देशक दासले कोटेश्वर र बल्खुको पानीको स्याम्पल लिइसकेको र परीक्षणका क्रममा रहेको बताए। त्यस्तै उनले बुढानीलकण्ठ नगरपालिकाले महाशाखाको सहयोगमा गरेको परीक्षणमा पनि प्रदुषण फेला परेको बताए । उनले हैजा र झाडापखालाबाट बच्न नागरिक आफैँले सजग र शतर्क रहनुपर्ने आवश्यक रहेको बताए। सरकारले यसको न्यूनिकरणका लागि आवश्यक काम गरिरहेको पनि बताए। उनले नागरिकले पानी उमालेर खाने, क्लोरिन, पियुष हालेर खाएमा पनि हैजबाट बच्न सकिने बताए ।

हैजा के हाे र यसबाट कसरी बच्ने ?

हेर्नुहाेस् भिडियाे

त्यस्तै उनले यसका कतिपय लक्षण नदेखिने भएकोले सामान्य शंका लागेमा पनि स्वास्थ्य परीक्षण गराउन सुझाव दिए। उनले भने, ‘हैजा र पानीको कुरा छ, वाटर क्वालिटी सर्भिलेन्समा अहिलेसम्म हामीसँग ३ ठाउँको रिपोर्ट आइसक्यो । वागबजार, डिल्लीबजार र सानेपाको रिपोर्ट आइसकेको छ । तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानीमा प्रदुषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदुषित भेटिएको छ । बल्खु र कोटेश्वरको पनि स्याम्पल लिइएको छ । रिपोर्ट आएको छैन। १० वटा स्याम्पल कयुकेएलले लिएको छ तर ठाउँ यकिन छैन । अर्को कुरा बुढानीलकण्ठ नगरपालिकाले परीक्षण गरेकोमा जार, ढुंगेधारा सबैको परीक्षण गर्दा प्रदुषित पाएका छौँ । त्यहाँ १५ प्रतिशत जारको पानी प्रदुषित पाइएको छ । एउटा क्षेत्रमा भएको भए काम गर्न सहज हुन्थ्यो यो सबै क्षेत्रमा लगभग पाइएको छ परीक्षण गरेका ठाउँहरु । स्क्याटर भएको कारणले यही श्रोतबाट प्रदुषित भएको हो भन्न सक्दैनौँ । हामी सचेत हुनुपर्छ । पानी उमालेर खानुहोस्, नभए क्लोरिन, पियुष हालेर खानुहोस् । व्यक्तिगत सरसफाईमा ध्यान दिनुहोस् । सामान्य लक्षण हुनेबित्तिकै स्वास्थ्य संस्थामा जानुपर्छ । २० प्रतिशत लक्षण देखिन्छ, ८० प्रतिशत देखिँदैन ।’

निर्देशक दासले बागबजारमा देखिएको हैजाको केस गम्भीर प्रकृतिको रहेको बताए। उनले सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरुलाई तयारी अवस्थामा बस्न पनि भनेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?