घुस ‘डील’ काण्डमा मुछिएका न्यायाधीश कोइराला निलम्बित

लोकपथ
169
Shares

काठमाडौं । मुद्दा मिलाउने भन्दै घुस डील गरेको अडियो बाहिरिएसँगै विवादमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।

न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच विचाराधिन मुद्दा मिलाउनका लागि १० करोडको डिल भएको अडियो सार्वजनिक भएसँगै त्यसको छानबिन सुरु भएको थियो । न्याय परिषद्ले तत्काल बैठक बोलाइ छानबिनका तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।

उक्त प्रकरण छानबिनका लागि जाँचबुझ समिति गठनबारेको सूचना नेपाल राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित सोमबारबाट निलम्बनमा परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?