२६ श्रावण २०७९, बिहीवार

स्वतन्त्र उम्मेदवारहरुको राष्ट्रिय भेला आह्वान

२०७९,असार,१३,सोमवार १७:३१

117
Shares

काठमाडौं । स्वतन्त्र उम्मेदवारहरुले आगामी असार १८ गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गर्दै असार १७ र १८ गते हुने भनिएको स्वतन्त्र उम्मेदवारहरुको भेला असार १८ गते एक दिन हुने जानकारी दिइएको हो । भेलाको स्थान तय हुन भने बाँकी रहेको जानकारी दिइएको छ ।

स्वतन्त्र उम्मेदवारहरुले राष्ट्रिय भेलामा देशभरका स्वतन्त्र उम्मेदवारी दिने व्यक्तिहरुलाई उपस्थितिको लागि आह्वान गरेका छन् ।

राष्ट्रिय भेलालाई ‘संयुक्त बिशेष भेला’ को नाम दिने र उक्त ‘विशेष भेला’ले बृहत राष्ट्रिय भेलाको मिति र कार्यक्रम तोक्ने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै स्वतन्त्र अभियानकर्ता हरिशरण लामिछानेले नेपालको राजनीतिमा देखिएका कमी कमजोरी, चुनौति र विकृतीलाई चिरेर स्पष्ट सोच र दृष्टिकोण भएका गैरराजनीतिक व्यक्तिहरु राजनीतिमा प्रवेश गर्नु सुखद पक्ष भएको बताए । गत स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरको प्रमुखमा उम्मेदवारी दिएका सुमन सायमीजस्तै व्यक्तिबाट आफु प्रभावित भएको सुनाए ।

त्यस्तै, अर्का स्वतन्त्र अभियानकर्ता दिनेश सुवेदीले निष्पक्ष, निडर जहिले पनि निर्भिक, सत्य र न्यायको पक्षमा लड्ने सहिलाई सही र गलतलाई गलत भन्ने देशभरीको जमातलाई स्वतन्त्रको रुपमा हेरिने बताए । उनले गत स्थानीय चुनावमा स्वतन्त्रको उम्मेदवारहरुको लहर नै चलेको दाबी गरे ।

त्यस्तै अर्का स्वतन्त्र अभियानकर्ता राजानन्द मान्डब्यले कसैले स्वतन्त्रको नाममा कसैले पनि राजनीति नगर्न चेतावनी दिए । कार्यक्रममा बोल्दै निर्वाचन आयोगमा दर्ताका लागि प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले वैधानिकता नपाउने र पाएमा कानुनी उपचार खोज्ने समेत बताए । कसैले पनि स्वतन्त्रको नाममा जनतामा भ्रम छर्ने काम गरेमा त्यो सैह्य नहुने उनको बताए ।

यसैगरी, अर्का स्वतन्त्र अभियानकर्ता सुमन सायमीले गत स्थानीय निकायमा अधिकारको लागि आवाज उठाउने क्रममा आफु स्वतन्त्रको उम्मेदवार भएको बताए ।

उनले आफुले १३ हजार बढी सम्मानजनक मत पाएको सुनाए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १७:३१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले सार्वजनिक जग्गामा बनाएको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन

भैरहवा । बुद्ध जन्मस्थल लुम्बिनीमा निर्वाचित जनप्रतिनिधि र कर्मचारीबीच तालमेल नमिल्दा यसको परिणाम सेवाग्रहीले भोग्नु परेको छ । स्थानीय तह

एजेन्सी । म्यानमार, मलेसिया, थाइल्यान्ड र फिजीमा रहेका पाँच लाखभन्दा बढी नेपाली पहिचानविहीन रहेका छन् । गैरआवासीय नेपाली संघ थाइल्यान्डका

१. देशभर निर्वाचनको माहोल तात्दै, निर्वाचन प्रयोजनको लागि आयोगले आह्वान गरेअनुसार आज चौथो दिन पनि दल दर्ता जारी, आज थप

ताजा समाचार

प्रभावकारी बन्दै नियमित बजार अनुगमन
 २०७९,श्रावण,२६,बिहीवार १२:०५
एमालेको केन्द्रीय सचिवालय बैठक बस्दै
 २०७९,श्रावण,२६,बिहीवार ११:३२
वेस्ट इन्डिजविरुद्ध न्युजिल्यान्ड विजयी
 २०७९,श्रावण,२६,बिहीवार ११:२९