२३ श्रावण २०७९, सोमवार

असार १५ मा युवा महोत्सव आयोजना गर्दै मधेस प्रदेश सरकार

२०७९,असार,१३,सोमवार २१:२०

27
Shares

जनकपुर । मधेस प्रदेश सरकारले पहिलोपटक युवा महोत्सव आयोजना गर्ने भएको छ । प्रदेश महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रालयले यही असार १५ र १६ गते दुई दिन युवा महोत्सव आयोजना गर्ने भएको हो ।

मन्त्री वीरेन्द्र प्रसाद सिंहका अनुसार ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ आयोजना गरिने छ ।

महोत्सवमा मधेस मन्थन, मधेस जागरण, मधेस हदिया, सांस्कृतिक साँझ, मधेस मान तथा घोषणापत्र सार्वजनिक हुने उनले बताए । उद्योग वाणिज्य संघ जनकपुरमा महोत्सव हुनेछ । सम्पूर्ण युवा तथा सरोकारवालाहरुलाई सहभागिता जनाउन मन्त्री सिंहले आपिल गरेका छन् ।

युवामैत्री प्रदेश बनाउन सरकार प्रतिबद्ध रहेको र यसमा सरोकारवालाको हातेमालो आवश्यक रहेको उनले बताए ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार २१:२०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

बैतडी । सुकुम्बासी तथा भूमिहीन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि

काठमाडौं । गृहमन्त्रालयले अपमानजनक शब्द राखेर बनाइएका नागरिकता सच्याउन निर्देशन दिएको छ । सोमबार मन्त्रालयले एक सूचना जारी गर्दै मन्त्रालयले

काठमाडौं । सहरी विकास मन्त्रालयअन्तर्गत रहेको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल आयोजनाका प्रमुख रवीन्द्र बोहोराले आफूहरूको कारण बन्चरेडाँडा ल्याण्डफिल साइट जाने सडक

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान

ताजा समाचार