आइईजीपी नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैमा’

लोकपथ
91
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दैैमा’ राखिएको छ ।

उक्त मुद्दा हेर्दाहेर्दैमा राखिएको तेस्रो पटक हो ।

आईजीपी नियुक्तिमा विभेद भएको भन्दै एआईजीविश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ ।

यसअघि जेठ ३० र असार ५ गते पनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

गत वैशाख १८ गते सरकारले धिरप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएसँगै एआइजी पोखरेलले त्यसको विरुद्ध मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?