आगामी निर्वाचनमा कैदीबन्दीलाई भोट हाल्ने व्यवस्था गर्न सर्वोच्चको आदेश

लोकपथ
42
Shares

काठमाडौं । सर्वोच्च अदालतले आगामी निर्वाचनमा कैदीबन्दीले पनि भोट हाल्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी गरेको छ ।

सोमबार सर्वोच्चले आगामी प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा कैदीबन्दीले पनि मताधिकार प्रयोग गर्न पाउनेगरी समानुपातिकतर्फ मत हाल्ने व्यवस्था गर्न आदेश दिएको हो ।

आज न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त आदेश दिएको हो ।

काठमाडौं स्कुल अफ ल का विद्यार्थीहरु प्रदिक्षा केसी र निशान्त पोखरेलले कैदीबन्दीलाई पनि मताधिकारको व्यवस्था गर्न माग गर्दै रिट दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?