२३ श्रावण २०७९, सोमवार

जापानमा उर्जा संकटको संकेत, ३ करोड ७० लाख मानिसलाई बिजुली कम प्रयोग गर्न आग्रह

२०७९,असार,१३,सोमवार १२:३३

45
Shares

काठमाडौं । जापानको सरकारले टोकियो र यसको वरपर क्षेत्रका ३ करोड ७० लाख मानिसहरूलाई बिजुली थोरै प्रयोग गर्न आग्रह गरेको छ । तापमानसँगै आपूर्तिमा असर पर्ने सरकारले चेतावनी समेत दिएको छ ।

अर्थ, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समयअनुसार सोमबार अपराह्न विद्युतको माग ‘गम्भीर’ हुने जनाएको छ । मानिसहरूले अनावश्यक बत्तीहरू बन्द गर्नुपर्ने र गर्मीबाट बच्न वातानुकूलित प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

तापमान बढेसँगै उर्जा संकट हुने अधिकारीहरूले चेतावनी दिएका छन् । टोकियो र वरपरका आठ प्रिफेक्चरहरूमा सोमबार दिउँसो बिजुलीको लागि अतिरिक्त उत्पादन क्षमता ३ दशमल ७ प्रतिशतले अपेक्षा गरिएको मन्त्रालयले आईतबार एक विज्ञप्तिमा जनाएको थियो ।

विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका र तापमान बढ्दै जाँदा स्थिति ‘अनपेक्षित’ भएको मन्त्रालयले जनाएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पका कारण केही आणविक उर्जा केन्द्रहरु प्रभावित हुँदा बिजुली आपूर्तिमा कडाइ गरिएको छ ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार १२:३३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको

काठमाडौं । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी

काठमाडौं । नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे

ताजा समाचार