आईजीपी नियुक्तिविरुद्धको रिटमा सुनुवाई सुरु

लोकपथ
832
Shares

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिविरुद्ध परेको रिटमा सुनुवाई सुरु भएको छ ।

सोमबार सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सरकारी वकिलहरुले बहस सुरु भएका हुन् ।

उक्त मुद्दाको विपक्षी आईजीपी धिरजप्रताप सिंहको तर्फबाट सहन्यायाधिवक्ता सोमकान्त भण्डारीले बहस सुरु गरेको सर्वोच्च प्रशासनले जनाएको छ ।

आईजीपी नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा तेस्रो पटक सुनुवाई भइरहेको हो। यसअघि यो मुद्दामा जेठ ३० र असार ५ मा सुनुवाई भएर सोमबारका लागि हेर्दाहर्दैमा पेशी तोकिएको थियो ।

सरकारले गत वैशाख १८ गते सिंहलाई आईजीपी नियुक्त गरेसँगै पोखरेलले त्यसको विरुद्ध रिट दायर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?