श्रीलङ्कामा इन्धन वितरणलाई सहज पार्न टोकनको व्यवस्था गरिने

लोकपथ
26
Shares

श्रीलङ्कामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ । इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलङ्काका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी गर्ने बताए ।

कोलम्बोमा पत्रकारहरुसँग कुरा गर्दै विजेसेकेराले श्रीलङ्काली सेना र प्रहरीको सहयोग खोजिएको र सीमित मात्रामा मात्र पेट्रोल र डिजेल भर्न सर्वसाधारणलाई टोकन नम्बर दिइने बताए ।

सर्वसाधारणलाई पाएक पर्ने पेट्रोल स्टेसनमा आफ्नो मोबाइल नम्बर दर्ता गर्न अनुरोध गरिएको छ । इन्धन उपलब्धताका आधारमा ग्राहकलाई ती स्टेसनबाट फोन गर्ने र सूचना दिइनेछ । यसको प्रहरी तथा सरकारी निकायले अनुगमन गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?