२६ श्रावण २०७९, बिहीवार

बङ्लादेशको ९.८ किलोमिटर लामो पद्मा पुल यातायातका लागि खुला

२०७९,असार,१३,सोमवार ०७:२९

162
Shares

चिनियाँ कम्पनीले निर्माण गरेको पद्मा पुलको शनिबार उद्घाटन गरिएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शेख हसिनाले पुलको उद्घाटनपछि राजधानी ढाका र देशको दक्षिणी भागका २१ जिल्लाबीच सडक र रेलमार्गबाट सिधा सञ्चार स्थापनाका लागि महत्त्वपूर्ण हुने बताइन् ।

उक्त पुलको निर्माणसँगै बङ्गलादेशको जीडीपी वृद्धिमा १.२३ प्रतिशत योगदान पुग्ने र प्रतिवर्ष ०.८४ प्रतिशत बिन्दुले गरिबी दर घटाउने अपेक्षा गरिएको उनले बताइन् ।

पुललाई केन्द्रमा राखेर नयाँ आर्थिक क्षेत्र र हाईटेक पार्क निर्माण गरिनेछ । फलस्वरूप स्वदेशी तथा विदेशी लगानी आकर्षित हुने र मुलुकको औद्योगिकीकरणको गतिले गति लिने प्रधानमन्त्रीको दाबी छ ।

पद्मा पुल एसियाली राजमार्ग नेटवर्कको एक प्रमुख हिस्सा हो, जसले क्षेत्रीय व्यापारमा ठूलो योगदान पुर्यादइरहेको छ, उनले भनिन् । उक्त पुल ढाकाबाट करिब ४० किलोमिटर दक्षिणपश्चिममा अवस्थित छ जसको कुल लम्बाइ ९.८ किलोमिटर छ र त्यसमध्ये मुख्य पुल ६.१५ किलोमिटर लामो छ।

यो परियोजना चाइना रेलवे मेजर ब्रिज इन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेड अन्तर्गत एक चिनियाँ कम्पनीले विदेशी भूमिमा बनाएको सबैभन्दा ठूलो पुल हो ।

प्रकाशित मिति: २०७९,असार,१३,सोमवार ०७:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नयाँ दिल्ली । जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय

प्योङयाङ । उत्तर कोरियाका किम जोङ–अुन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन्

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दवाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्

अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४