१ भाद्र २०७९, बुधबार

कटुवा पेस्तोलसहित भरतपुरबाट एक जना पक्राउ

२०७९,असार,१२,आईतवार २०:५८

162
Shares

चितवन । कटुवा पेस्तोल, नगद, सुन र मोबाइल फोनसेटसहित चितवन प्रहरीले आइतबार बिहान एक जनालाई पक्राउ गरेको छ ।

जेठमा कटुवा पेस्तोलसहित पक्राउ परेका एक व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान गर्ने क्रममा अर्को व्यक्ति पनि पक्राउ परेको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीले आइतबार बिहान साढे ६ बजेतिर भरतपुर महानगरपालिका–५ बाट ३२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको जनाएको छ ।

भरतपुर–८ घर भएका विक भरतपुर-५ मा डेरा गरी बस्थे । उनको डेराबाट कटुवा पेस्तोल एक थान र त्यसमा प्रयोग हुने दुईवटा गोली बरामद भएको छ । त्यसै गरी नगद एक लाख १४ हजार रुपैयाँ, लकेटसहितको एउटा सुनको सिक्री र पाँच थान मोबाइल फोनसेट पनि बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार २०:५८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्दपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका

ताजा समाचार