१ भाद्र २०७९, बुधबार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ

२०७९,असार,१२,आईतवार २०:५५

9
Shares

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट ४ ग्राम अवैध लागूऔषधसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।

शनिबार साँझ ब्राउनसुगरसहित उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।  पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र राना, २१ वर्षीय सुरज राना र २ जना १८ वर्षीय किशोर रहेका छन् ।

प्रहरीले २ जना १८ वर्षीय किशोरलाई जाँच गर्ने क्रममा एक पोका ब्राउन सुगर फेला पारेपछि थप अनुसन्धान गर्दा सो कारोबारमा राजेन्द्र र सुरज समेत संलग्न रहेको खुल्न आएपछि उनीहरूको घरमा समेत जाँच गरेको थियो । जाँच गर्दा उक्त लागुऔषध र नगद ८ हजार १ सय रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार २०:५५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

बैतडी । बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्दपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका

काठमाडौं । आज प्रदेश १ का पहाडी भूभागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको

ताजा समाचार