उपत्यकामा हैजाको जोखिम बढ्यो, हालसम्म १२ जना बिरामी

लोकपथ
143
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा हैजाको जोखिम थप देखिएको छ । हालसम्म १२ जना बिरामीमा हैजा पुष्टि भएंको हो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासले हालसम्म काठमाडांैं उपत्यकामा १२ जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

हालसम्म बागबजार, बालाजु, डिल्लीबजार, नैकाप, कपन र सानेपा लगायतका ठाउँहरुमा हैजा देखिएको छ ।

पछिल्लो पटक नैकपाका एक बिरामीमा हैजाको आरडिटी पोजेटिभ देखिएको हो । तर उनको कल्चरल रिर्पोट पनि पोजेटिभ देखिएको हो । त्यसैगरी हैजाको लक्ष्यण देखिएका अर्का बिरामीको भने रिपोर्ट आउन बाँकी रहेको छ ।

काठमाडौंमा अव्यवस्थित ढल निकासी, पानीको शुद्धता मापन हुन नसक्नु लगायतको कारणले हैजाको जोखिम थप बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?