दक्षिण अफ्रिकाको रात्रिकालिन क्लबमा १७ जनाको शव फेला

लोकपथ
169
Shares

काठमाडौं । दक्षिण अफ्रिकाको इस्ट लन्डन सहरको एउटा रात्रिकालीन क्लबमा कम्तीमा १७ जनाको शव फेला परेको छ ।

आइतबार (आज) बिहान ती शवहरु फेला परेको र अझै कयौँ घाइते भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

‘कुन परिस्थितिमा उक्त घटना भयो भन्ने विषय अनुसन्धानकै क्रममा छ ।’ त्यहाँका प्रहरी प्रवक्ताले भनेका छन्।

घटनास्थलमा रहेकी इस्ट्रन केपका पुलिस कमिस्नरले उक्त रात्रिकालीन क्लबमा भागदौड मच्चिएको आरोप लागेको जनाएकी छन्।

स्थानीय सञ्चारमाध्यमहरूले विषालु पदार्थ वा भागदौडका कारण त्यसो भएको हुनसक्ने आंकलन गरेका छन्।

उनीहरुका आफन्तहरुलाई समेत भेट्न नदिएर सुक्ष्म रुपमा अनुसन्धान भइरहेका त्यहाँको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?