२३ श्रावण २०७९, सोमवार

कतारका शेखबाट १ मिलियन युरोसहितको सुटकेस स्वीकारेपछि विवादमा चार्ल्स

२०७९,असार,१२,आईतवार १४:१४

504
Shares

काठमाडौं । युवराज चार्ल्सले कतारी अर्बपति शेखबाट आफ्नो परोपकार संस्थाका लागि १ मिलियन युरो नगद भरिएको सुटकेस स्वीकारको दाबीसहितका विवरण सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन् ।

चार्ल्सले कतारका पूर्वप्रधानमन्त्री शेख हमाद बिन जसिम बिन जाबेर अल थानीबाट प्रिन्स अफ वेल्स च्यारिटी फाउन्डेसनका लागि २०११ र २०१५ बीचको अवधिमा ३ मिलियन युरो प्राप्त गरेको जनाइएको छ ।

शेखले सन् २०१५ मा क्लेरेन्स हाउसमा एक निजी बैठकमा चार्ल्सलाई व्यक्तिगत रूपमा १ मिलियन यूरो नगद हस्तान्तरण गरेको बताइएको थियो ।

विवरणअनुसार सो रकम युवराजले तत्कालै सहयोगीहरूलाई हस्तान्तरण गरेका थिए । सहयोगीले सो रकम पूर्णरूपमा परोपकारमा हस्तान्तरण गर्ने व्यवस्था गरेका थिए ।

अर्को अवसरमा कतारी शेखले बेलायती सिंहासनका उत्तराधिकारीलाई ८ लाख २० हजार पाउन्ड बराबको रकम दिएकोसमेत जनाइएको छ ।

विवादास्पद शेखले प्रधानमन्त्री हुँदा आफ्नो कार्यकालमा कतारले अल कायदाको सिरियाली शाखालाई आर्थिक सहयोग गरेको स्वीकार गरेका छन् ।

प्रकाशित मिति: २०७९,असार,१२,आईतवार १४:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१. आगामी निर्वाचनामा चुनावी तालमेलको खाका बनाउन गठित कार्यदलको पहिलो बैठकले तोक्यो संयोजक, कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला

काठमाडौं । इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको

काठमाडौं । चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी

काठमाडौं । नेदरल्याण्डमाको एउटा विश्वविद्यालयका वैज्ञानिकहरूले पहिलो पटक गाईको मासु र पोर्कमा माइक्रोप्लास्टिक कणहरू फेला पारेको बताएका छन् । भीरीजे

ताजा समाचार