युवा पुस्तामा लागूऔषध दुर्व्यसनी बढ्यो : गृहमन्त्री खाँण

लोकपथ
7
Shares

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा लागुपदार्थ दुव्र्यसनी चुनौतीको रुपमा अघि बढीरहेको बताएका छन् । आइतबार काठमाडौंमा भएको लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले लागु पदार्थको दुर्व्यसनको कारणले समाजलाई गम्भीर असर पारेको पनि बताए । मन्त्री खाँणले लागूऔषधको गम्भीर असर सबैभन्दा बढी युवा पुस्तामा परिरहेको बताए । उनले युवा पुस्तालाई दुर्व्यसनबाट कसरी बचाउने भन्ने कुरा सरकार र समाज सबैको दायित्व भएको रहेको बताए। गृहमन्त्री खाँणले लागूऔषध दुर्व्यसनीलाई कम गर्न सरकार संवेदनशील रहेको बताए ।

उनले युवा पुस्ताको भविष्य सुन्दर बनाउन सरकारले आगामी दिनमा जनजागरुकताका कार्यक्रम ल्याउनुपर्ने, पाठ्यपस्तकमा पनि यसलाई समावेश गरेर विद्यार्थीलाई बेलैमा जानकारी गराउनुपर्ने र दुव्र्यसनीमा फसेका युवाहरुलाई सुधार्न अभियान थाल्नुपर्ने आवश्यक्ता औल्याए।

गृहमन्त्री खाँणले विभिन्न अपराधिक गतिविधिहरु मध्येमा लागु पदार्थसँग सम्बन्धित अपराध झन्डै ८ प्रतिशत भन्दा बढी पुगिसकेको र लागुपदार्थ अपराधमा दोषी ६ हजारभन्दा बढी बन्दी कारागारमा रहेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?