श्रीलङ्कामा इन्धनको अभाव थप जटिल बन्दै

लोकपथ
26
Shares

समयमा नै पेट्रोलियम पदार्थ खरीद् गर्न आर्थिक अभाव भएपछि श्रीलङ्कामा पेट्रोल तथा डिजेलको पुनः चरम अभाब भएको छ ।

छिट्टै आइपुग्ने अपेक्षा गरिएको तर इन्धन आउन लामो समय लागेपछि पुनः अभाब भएको इन्धन संकटका लागि सवारी चालकसँग क्षमा याचना गर्दै ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले शनिबार बताए ।

उनका अनुसार यो हप्ता आइपुग्नुपर्ने इन्धन ‘बैङ्किङ’ कारणले आउन नसकेको र आगामी हप्ता पनि निर्धारित मात्रा आइपुग्न कठिनाई हुने देखिएको छ ।
श्रीलङ्काले खाद्यान्न, इन्धन र औषधिलगायत अत्यावश्यक आयातलाई समेत धान्न विदेशी मुद्राको गम्भीर अभाव झेलिरहेको छ र अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?