राजधानीमा गायिकाद्वारा आत्महत्या

लोकपथ
1.1k
Shares

गायिका दिलमाया सुनार (बिक) ले मृत्यु फेला परेकी छन् । मृत्युअघि उनले फेसबुकमा एक भावुक स्टाटस लेखेको पाइएको छ । राजधानीको नेपालटारस्थित डेरामा शनिबार बिहान मृत फेला परेकी उनले फेसबुकमा जीन्दगीमा धेरै उतारचढाव भोगेको उल्लेख गरेकी छन् । उनले फेसबुकमा लेखेर आत्महत्या गरेको आशंका गरिएको छ ।
शनिबार बिहान १ बजेर २० मिनेटमा पोस्ट भएको स्टाटसमा उनले आफूलाई निकै गाह्रो भएको भन्दै ‘आमा तिम्री छोरि धेरै थाकेकी छे’ लेखेकी छन् । उनले आफू बाँचेर पनि मरेतुल्य भएको भन्दै आफ्नो मृत्युमा कसैलाई दोष नदिन भनेकी छन् ।

उनले छोरालाई पढाएर ठूलो मान्छे बनाउन मन त्यो सपना पुरा हुन नसकेको बताएकी छन् । उनले आफ्नो गीहरुलाई बजारमा ल्याइदिन भन्दै आफ्नो इच्छाले मृत्युको बाटो रोजेको बताएकी छन् ।

उनले आफूसँग पैसा नभएको र केही सुन भएकाले त्यो बेचेर छोरालाई दिन भनेकी छन् ।
सुर्खेत घर भएकी सुनार सुनार शनिबार बिहान आफ्नै कोठामा मृत भेटिएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।
घटनाबारे अनुसन्धान कार्य चलिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?