काठमाडौं आइपुगे नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव

लोकपथ
39
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन् ।

शनिबार अपरान्ह नवनियुक्त राजदूत श्रीवास्तव नेपाल आइपुगेका हुन् ।

यसअघिका राजदूत विनयमोहन क्वात्रालाई भारतले विदेश सचिव बनाएसँगै श्रीवास्तवलाई राजदूत नियुक्त गरिएको थियो ।

राजदूतका रुपमा नेपाल आएका श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र बुझाएपछि औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन् ।

भारतको विदेश मन्त्रालयको पूर्वी एशिया डिभिजनको प्रमुखका रूपमा कार्यरत उनी चीन मामिलाका जानकारका रूपमा परिचित छन् । राजदूत श्रीवास्तव सन् १९९३ मा भारतीय विदेश सेवामा प्रवेश गरेका हुन् ।

श्रीवास्तव यसअघि चीनको संघाइमा महावाणिज्यदूत र कम्बोडियाका लागि राजदूत भएर काम गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?