काठमाडौं । देशका विभिन्न स्थानहरुमा भएको सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका-१५ अन्नपूर्ण चोकमा बा.२ क ७२९३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०१७ प ०९६८ नम्बरको मोटरसाइकललाई गएराति ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली कमलामाई नगरपालिका-३ घर भई हाल काठमाडौं कंलकी बस्ने ४२ वर्षीय फडिन्द्र बहादुर कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी काभ्रे, बनेपा नगरपालिका-१० जनागालमा बा. ७ च १५४५ नम्बरको कारले बा. ३ ख २८४४ नम्बरको बसलाई ठक्कर दिई शुक्रबार दिउँसो दुर्घटना हुँदा कारमा सवार काठमाडौं कंलकी बस्ने ५५ वर्षीय ध्रुव सापकोटाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भोमी अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवारमध्ये १ जनाको सोही अस्पताल र २ जनाको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्की, पोखरा महानगरपालिका-२५ हेम्जामा रोकी राखेको ना.६ ख १४२८ नम्बरको ट्रकमा ग.९ प १२५७ नम्बरको मोटरसाइकल शुक्रबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४८ वर्षीय अरविन कुँवरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रौतहट, बैधीमाई नगरपालिका-७ बंकुलमा बिआर ०५एएस १६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार भारत घर भएका २२ वर्षीय सुनिल कुशवाहाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगंजस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
तेह्रथुम, लालीगुँरास नगरपालिका-२ स्थित सडकमा लसुनेबाट बसन्तपुरतर्फ जाँदै गरेको प्र १-०२-००३ त २४३ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीया पबित्रा कुमारी मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वस्थ्य केन्द्र बसन्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई थप उपचारको लागि घोपा धरान रिफर गरिएको छ ।
बाँके, राप्तीसोनारी गाउँपालिका-९ झिझरी खोलास्थित सडकमा बा.५ ख ४२०४ नम्बरको ट्रकले भे.११ प ७०५ नम्बरको मोटरसाइकललाई शनिबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार बैजनाथ गाउँपालिका-२ बस्ने ३२ वर्षीया दिल कुमारी खत्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया