२६ श्रावण २०७९, बिहीवार

नाइटक्लबमा गोली चल्यो, २ जनाको मृत्यु

२०७९,असार,११,शनिवार १०:०२

405
Shares

काठमाडौं । नर्वेको राजधानी ओस्लोको एक नाइटक्लबमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु हुनुको साथै १० जना घाइते भएको नर्वे प्रहरीले जनाएको छ । सार्वजनिक प्रसारक एनआरके र अन्य स्थानीय सञ्चार माध्यमले गोलीबारी एउटा लोकप्रिय समलैंगिक बार लन्डन पबमा भएको जनाएको छ ।

प्रहरीले संदिग्धलाई पक्राउ गरेको छ । आक्रमणको उद्देश्य के थियो भन्ने तत्काल खुल्न सकेको छैन ।

ओस्लोले शनिबार वार्षिक प्राइड परेड आयोजना गर्ने कार्यक्रम छ । ‘दुई जनाको मृत्यु भएको पुष्टि भएको छ’, ओस्लो प्रहरी विभागले ट्वीटमा भनेको छ ।

गोली लागेर तीन जना गम्भीर घाइते भएका पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०७९,असार,११,शनिवार १०:०२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नयाँ दिल्ली । जम्मु र कश्मीरमा भएको आक्रमणमा भारतीय सिपाहीको मृत्यु भएको छ । विद्रोहीको हमलामा उनीहरुको मृत्यु भएको भारतीय

प्योङयाङ । उत्तर कोरियाका किम जोङ–अुन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन्

काठमाडौं । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले चीनलाई ताइवानमाथिको नयाँ दवाबलाई सामान्य बनाउन अमेरिकाले अनुमति दिन नसक्ने बताएकी छन्

अमेरिकी न्याय मन्त्रालयले ह्वाइट हाउसका पूर्वराष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनको हत्या योजना गर्ने इरानी षड्यन्त्रको पर्दाफास गरेको इस्लामिक रिभोलुसनरी गार्ड

ताजा समाचार

९ वर्षपछि जनैपूर्णिमा र गाईजात्रा एकैदिन
 २०७९,श्रावण,२६,बिहीवार ११:००
चितवनमा ट्रकको ठक्करबाट युवकको मृत्यु
 २०७९,श्रावण,२६,बिहीवार १०:५९
आजबाट सुपर डान्सर नेपाल
 २०७९,श्रावण,२६,बिहीवार १०:५४