१ भाद्र २०७९, बुधबार

९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार मुद्दा

२०७९,असार,१०,शुक्रवार २१:०८

45
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आव २०७६÷०७७ का लागि उपमहानगरपालिकाको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ ।

प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार २१:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रदेश नम्बर-१ को नामाकरणको विषय अझै अन्योलमा परेको छ । प्रदेश सभा सभामुख प्रदीपकुमार भण्डारीले संसदबाट प्रदेशको नामाकरण

खोटाङ । महिला जनप्रतिनिधिको क्षमता विकासका लागि खोटाङका चार पालिकामा ‘शी लिड्स नेपालः महिला नेतृत्व कार्यक्रम दोश्रो चरणको अभिमुखीकरण’ कार्यक्रम

काठमाडौं । सुकेश चन्द्रशेखर मामलामा अभिनेत्री ज्याकलिन फर्नान्डिज समस्यामा फस्दै गएकी छन् । उनलाई प्रवर्तन निर्देशनालय (ईडी) ले आरोपी बनाएको

काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा नियुक्त भएका गंगाप्रसाद ज्ञवालीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।

ताजा समाचार