हेर्न्नुहोस् आज दिनभरका मुख्य १५ समाचार (भिडियोसहित)

लोकपथ
104
Shares

१. काठमाडौं महानगरपालिकाले प्रस्तुत गर्यो २५ अर्ब ४१ करोडको बजेट, ६ महानगरमध्ये पोखरा बाहेक सबै महानगरले ल्यायो स्थानीय तहको बजेट, ११ उपमहानगरसहित अन्य स्थानीय तहको पनि बजेट आउने क्रम जारी ।

२. सरकारले स्थानीय तह निर्वाचनमा राज्यशक्तिको दुरुपयोग गरेको एमाले अध्यक्ष केपी शर्मा ओलीको आरोप, भद्दा र भ्रष्ट तरिकाबाट निर्वाचन सम्पन्न गराएको जिकिर ।

३. प्रचण्डले व्यक्त गरे फेरि प्रधानमन्त्री हुने चाहना, आफूले देशको नेतृत्व गर्ने अवसर पाए देशमा देखा परेका विकृतिहरु अन्त्य गर्दै मुलुकलाई नयाँ युगतिर लैजाने दाबी ।

४. एकीकृत समाजवादीभित्र मन्त्री हेरफेरको विषयमा किचलो, मन्त्री फेरबदलको विषयमा पार्टीले अपरिपक्व निर्णय गरेको भन्दै तत्काल संसदीय दलको बैठक बोलाउन १० सांसदहरुको माग ।

५. ४८ घण्टाभित्र पदबाट राजीनामा दिने पर्यटनमन्त्री प्रेम आलेको भनाइ, पार्टीको पछिल्लो निर्णयले आफूहरूको आत्मसम्मानमा चोट पुगेको भन्दै पार्टीले गरेको निर्णयलाई मान्ने प्रतिक्रिया ।

६. इन्धनको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिको निर्देशन, इन्धनका कारण दैनिक उपभोग्य सामग्री महंगीदा उपभोक्ता मारमा परेको निष्कर्ष ।

७. एसपीपी केपी ओली नेतृत्वको सरकारकै पालामा अघि बढेको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको दाबी, कूटनीतिक मर्यादा विपरित नेपाली सेना पनि पहिलो पटक विवादमा परेको पुष्टि ।

८. मुलुकमा अहिले देखा परको आर्थिक संकटलाई पार लगाउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको गृहमन्त्री बालकृष्ण खाँणको भनाइ, अघिल्लो सरकारकै पालाबाट आर्थिक समस्या देखा परेको भन्दै आफूहरू जिम्मेवारीबाट नपन्छिने दाबी ।

९. वैदेशिक रोजगारीमा जान जेठमा ६२ हजारभन्दा बढीले लिए श्रम स्वीकृति, कतार जानको लागि सबैभन्दा धेरै १५ हजारभन्दा बढीले श्रम स्वीकृति लिएको वैदेशिक रोजगार विभागको भनाइ ।

१०. अघिल्ला वर्षको तुलनामा यसवर्ष नेपाल गुणस्तरको प्रमाणपत्र लिनेको संख्या बढ्यो, नेपाल गुणस्तर तथा नापतौल विभागद्वारा थप ५० उद्योगलाई नेपाल गुणस्तरको प्रमाणपत्र प्रदान ।

११. लगानीकर्ता र बोर्डबीचको सहमतिले सेयर बजार सकारात्मक, दोहोरो अंकले बढ्यो नेप्से, २ घण्टामा १ अर्ब १५ करोडको कारोबार, लगानीकर्ता उत्साहित

१२. भूकम्पपछि अफगानिस्तानमा थप मानवीय संकट, सहयोगको लागि अन्तर्राष्ट्रिय समुदाय गुहार्दै तालिवान र नागरिक, पीडितहरुलाई राष्ट्रसङ्घीय एजेन्सीहरूको सहयोग ।

१३. भारतको बिहारमा बलात्कार गर्न नसकेपछि १५ वर्षीया बालिकालाई जिउँदै जलाइयो, ४० प्रतिशतसम्म जलेकी पीडितको उपचार हुँदै, आरोपी न्यायिक हिरासतमा ।

१४. वर्षा बाधक बनेपछि एसीसी महिला टी–२० च्याम्पियनसिपमा सेमिफाइनलबाटै बाहिरियो नेपाल, युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द, युएई फाइनलमा प्रवेश ।

१५. र फिफा विश्वकप फुटबल आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुने, हरेक टिमले २६ खेलाडी राख्न पाउने, उद्घाटन खेल आयोजक कतार र इक्वेडरबीच हुने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?