पालिका उपप्रमुखको काम के हाे तपाईँलाई थाहा छ ?

लोकपथ
1.8k
Shares

काठमाडाैं । स्थानीय तहमा उपप्रमुख वा उपाध्यक्षको आफ्नो छुट्टै भूमिका रहेको हुन्छ । उनीहरू पनि जनताबाटै प्रत्यक्ष रुपमा निर्वाचित भएर आएका जनप्रतिनिधि हुन् ।

आम बुझाइमा उपप्रमुख पद भनेको महिलाको लागि हो भन्ने छ । तर, संविधानले भने पालिकाको प्रमुख र उपप्रमुखमध्ये एकमा महिलालाई उम्मेदवार बनाउनु पर्ने व्यवस्था गरेको छ । यहाँ राजनीतिक दलहरुको गैरजिम्मेवार पनले गर्दा अधिकांश पालिकाको उपप्रमुख पदमा महिलाहरुलाई उम्मेदवार बनाइयो । यसैले गर्दा उपप्रमुखमा धेरै महिलाहरु देखिएका मात्र हुन् ।

‘उप’ भन्ने शब्दले तपाईंलाई अलमलमा पारेको हुनसक्छ । तर, स्थानीय तहमा चुनिएर आएका उपप्रमुखहरु उपमा मात्र सिमित छैनन् । उनीहरुलाई स्थानिय सरकार सञ्चालन ऐन २०७४ ले विशिष्ट अधिकार र कामको पनि जिम्मेवारी दिएको छ ।

सरलभाषमा भन्ने हो भने उपप्रमुखले पालिकाको अर्थमन्त्री, न्यायाधीस जस्ता महत्वपूर्ण भूमीकामा रहेर काम गरिरहेका हुन्छन् । स्थानिय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत उपाध्यक्ष वा उप–प्रमुखकको काम , कर्तव्य र अधिकारलाई स्पष्ट रुपमा बताएइको छ ।

कुनै पनि पालिकामा त्यहाँको उपप्रमुखले न्यायिक समितिको संयोजक भइ काम गर्नेछन् । न्यायिक समितिलाई विवाद निरूपण गर्न संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था गरेको छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित दुई जना सदस्य रहने व्यवस्था छ ।

न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने छ । न्यायिक समितिको अधिकार क्षेत्रको प्रयोग न्यायिक समिति संयोजक र सदस्यले सामूहिक रूपमा गर्नेछन् ।

न्यायिक समितिले गरेको कामको वार्षिक विवरण भने पालिका प्रमुखमार्फत गाउँ वा नगरसभामा पेस गर्नुपर्ने छ ।

गैरसरकारी संघ संस्थाको काममा समन्वय गर्ने र अनुगमन गर्ने तथा उपभोक्ता हित संरक्षण सम्बन्धी काम पनि उपप्रमुखकै कार्य क्षेत्रभित्र पर्छ ।

तपाईंको पालिकामा रहेका पसल, होटलरुले गुणस्तरीय सामान, तोकेकै मूल्यमा बेचेका छन् वा छैनन् भनेर अनुगमन गर्ने काम पनि उपप्रमुखको हो ।

यदी तपाईंको वरपर बजार, पसलमा मिति गुज्रीएका तथा महँगोमा सामान बेचेको पाउनु भयो भने उपप्रमुखलाई सम्पर्क गर्न सक्नुहुनेछ वा पालिकामा उजुरी पनि दिनसक्नु हुनेछ ।

पालिकाभित्र संचालनमा रहेका योजना तथा कार्यक्रमको अनुगमन तथा सुपरिवेक्षण गरी बैठकमा त्यस्को प्रतिवेदन पेश गर्ने र सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने भूमीका उपप्रमुख रहेका हुन्छन् ।

यसका अलावा पालिका प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने । गाउँ वा नगरसभा, कार्यपालिका तथा पालिका प्रमुखले प्रत्यायोजन गरेका अथवा तोकेका अरु काम गर्नु पानि पालिका उपप्रमुखको दायीत्व हो ।

सम्बन्धित भिडियाे  :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?