११ कार्तिक २०७८, बिहीवार

सडक निर्माणमा लाग्यो दोलखा कांग्रेस

२०७५,भाद्र,११,सोमवार ०२:१७

0
Shares

दोलखा : यहाँको जिलु सडक अवरुद्ध भई जनताले दुःख पीडा भोगेकाले नेपाली काँगे्रस दोलखाको पहलमा सडक निर्माण शुरु गरिएको छ । लामो समयसम्म जिलु सडक अवरुद्ध हुँदा भीमेश्वर नगरपालिका–४ कोे वडा सरकार कानमा तेल हालेर बसेपछि नागिरकको सेवामा काँग्रेस सारथी बनेको हो । 

काँग्रेस वडा समिति ४ को आह्वानमा जनता स्वस्फूर्त उपस्थिति भइ करीब ३० मिटर सडक आइतबारबाट गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस वडा नं ४ का सभापति दुर्गाप्रसाद चौलागाईले बताए। 

दैनिक सयौँको सङ्ख्यामा सदरमुकाम चरिकोटमा तरकारी, चामल, दूध, दही बिक्री गर्न असजिलो भोगेका जनताको दुखकष्टलाई हेर्दै कोदालो घन, खैंती, हम्बर, बेल्चा बोकेर काँगे्रस सडक बनाउन निस्किएकाले जनता आफैँ जागेका छन् वडासभापति चौलागाईले भने । 

“वडा सरकारले बनाएको उपभोक्ता समितिले झारा टार्ने गरी जिलु सडक मर्मत गरी ठूलो पैसा हिनामिना गरेको आरोप जनताले लगाइरहेको अवस्थामा जनताको सेवामा काँगे्रस लागि परेको हो ।” तरुण दलका नेता भोजराज चौलागाईले भने । 

कांग्रेस जिल्ला कार्यसमिति सदस्य लोकशङ्कर चौलागाईले ढुङ्गा बोक्न आफ्नो ट्र्याक्टर, नेपाल ट्रेड युनियान काँग्रेस दोलखाका अध्यक्ष रामजीप्रसाद चौलागाईले बाटो सम्याउन आफ्नो जेसी भी, युवा नेता भोजराज चौलागाईले आफ्नो डोजर निःशुल्क प्रदान गरेपछि आइतबारबाट सडक गाडी गुड्ने गरी निर्माण गरेको काँगे्रस भीमेश्वर नगरपालिका उपसभापति मोतीप्रसाद चौलागाईले जानकारी दिए । 

प्रकाशित मिति: २०७५,भाद्र,११,सोमवार ०२:१७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । बागमती प्रदेशमा आज नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुदैछन् । नेकपा(माओवादी केन्द्र), नेपाली

काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गरेका छन् । बुधबार साँझ सांसद

काठमाडौं । अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै बागमती प्रदेशका नयाँ सरकार गठनका लागि आहन गरिएको छ । प्रदेश प्रमुख

काठमाडौं । बागमती प्रदेशबाट पनि नेकपा एमालेले मुख्यमन्त्री पद गुमाएको छ । आज एमाले नेतृ अष्टलक्ष्मी शाक्य मुख्यमन्त्रीबाट हटेसँगै नेकपा

ताजा समाचार

कति छ आजको विनिमयदर ? हेर्नुहोस् सूचीसहित
 २०७८,कार्तिक,११,बिहीवार ०८:१०
मादीका बाढी पीडितलाई राहत प्रदान
 २०७८,कार्तिक,११,बिहीवार ०७:५३
यस्तो रहनेछ आजको मौसम
 २०७८,कार्तिक,११,बिहीवार ०७:४८
मगन्तेलाई निरुत्साहीत पार्दै प्रहरी
 २०७८,कार्तिक,११,बिहीवार ०७:३१
एमाले अधिवेशनमा सर्वसम्मतिको अन्तर्य
 २०७८,कार्तिक,११,बिहीवार ०७:१९