१ भाद्र २०७९, बुधबार

लाङटाङका चौँरी पालक कृषकलाई राहत : २५ किलाे नुन र एउटा त्रिपाल

२०७९,असार,१०,शुक्रवार १८:११

36
Shares

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिन क्षेत्रका चौँरी पालक कृषकलाई २५ किलो ढिके नुन र त्रिपाल वितरण गरिएको छ । दुग्ध विकास संस्थानले त्यहाँ व्यावसायिक रूपमा कृषि क्षेत्रमा लागेका कृषकलाई प्रतिकृषक २५ किलो नुन र एउटा त्रिपाल वितरण गरेको हो ।

लाङटाङ चिज उत्पादन केन्द्र क्यान्जिनका प्रमुख ग्याल्बु तामाङले कृषकलाई नुन र त्रिपाल अतिआवश्यक पर्ने भएकाले वितरण गरिएको बताए । दूधमा फोहर पर्न नदिन र कृषकलाई दूध दुहुन सहज होस् भन्ने हिसाबले त्रिपाल वितरण गरिएको उनको भनाई छ । ‘चौरीलाई दिनका लागि नुन पनि नभई नहुने कुरा हो’, उनले भने, ‘यसका लागि हामीले कृषकलाई केही सहयोग गरेका हौं ।’

उनका अनुसार त्यहाँ रहेका २० कृषकलाई सामग्री वितरण गर्नुपर्नेमा १५ जनालाई दिइसकिएको र पाँच जनालाई दिन बाँकी छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १८:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री

ताजा समाचार