पछिल्लो २४ घन्टामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
169
Shares

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

एक हजार ८५२ जनाको पिसिआर र एक ७०३ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिले देशभर १८१ जना सक्रिय संक्रमित छन् भने १४ जना संक्रमित निको भएका छन्।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?