१ भाद्र २०७९, बुधबार

ट्रक व्यवसायीका समस्या समाधान गर्न यातायातमन्त्री दाहालकाे प्रतिबद्धता

२०७९,असार,१०,शुक्रवार १४:३४

27
Shares

ललितपुर । बागमती प्रदेश सरकारका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले ट्रक व्यवसायीका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।

शुक्रबार आयोजित नेपाल ट्रक यातायात व्यवसायी महासंघको १५ औँ साधारणसभा तथा सातौँ महाधिवेशन उद्घाटन गर्दै मन्त्री दाहालले यस्तो बताएका हुन् ।

मन्त्री दाहालले ट्रक व्यवसायीले भोग्दै आएको पार्किङलगायतका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।

कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले भारतीय ट्रकको निर्वाध नेपाल आवागमनलाई कडाइसँगै बिमालगायत समस्या समाधानमा संघीय तथा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए ।

महासंघका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले कानुनले निर्धारण गरेका भारवहन क्षमतालाई सरकारले कडाइका साथ कार्यान्वयन गर्नुपर्ने माग गरे ।

हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने यो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासचिव बानियाँले जानकारी दिए ।

महाधिवेशनले २१ सदस्यीय महासंघको नयाँ कार्यसमिति चयन गर्नेछ । महासंघको सातै प्रदेशमा प्रदेश संयोजक पनि निवार्चित हुनेछन् ।महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झन्डै ५ सय ट्रक व्यवसायीले सहभागिता जनाएका छन् ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १४:३४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विपद्का घटनामा परी पछिल्लो चार महिनामा १५७ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

काठमाडौं । रौतहटको वडहर्वास्थित वागमती नदीमा बाह्र वर्षदेखि पुलको निर्माण कार्य हुन नसक्दा स्थानीयवासी मारमा परेका छन् । दुर्गाभगवती गाउँपलिका

सुर्खेत । कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरि सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री

काठमाडौं । सरकारले बुधबार (आज) देखि सिंहदरबारभित्र सिलिन्डर ग्याँस प्रयोगमा प्रतिबन्ध लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट

ताजा समाचार

मोरङ कारागारमा शुद्ध खानेपानी जडान
 २०७९,भाद्र,१,बुधबार १७:०५