१ भाद्र २०७९, बुधबार

देशका विभिन्न स्थानमा चार जना मृत अवस्थामा फेला

२०७९,असार,१०,शुक्रवार १४:०६

216
Shares

काठमाडौं । पर्सा, झापा, काभ्रे र बर्दियामा चार जना व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

पर्साको वीरगन्ज महानगरपालिका–१६ स्थित सोही महानगरपालिका–४ बोखार चोक डेरा गरी बस्ने ३५ वर्षीया रिता थापा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

झापाको गौरदह नगरपालिका–९ बैगुनधुरा बस्नेत टोल बस्ने ४१ वर्षीय बुध्दराम हेमरन आफ्नै घर नजिकै रहेको बाटो छेउको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

काभ्रेको पनौती नगरपालिका–६ पुन्यमाता खोलामा सोही नगरपालिका–४ ठाडो बाटो बस्ने ८१ वर्षीय बिष्णु बहादुर कार्की भन्ने अर्जुन कार्की बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बाँसगढी नगरपालिका–३ मानखोलास्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

सबै घटनाहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०७९,असार,१०,शुक्रवार १४:०६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । सशस्त्र प्रहरीले नवलपरासीको रामग्राम नगरपालिका–१८ स्थित सीमा इलाकाबाट अवैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको करीब १२ लाख ९०

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङले विद्युत प्राधिकरण नाफा अझै बढ्ने बताएका छन् । प्राधिकरणको ३७औं वार्षिक

सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकहरुको लापरबाहीले गर्भमै एक शिशुको ज्यान गरेको आफन्तहरूले आरोप लगाएका छन् । सप्तरीको डाक्नेश्वरी

गरीबी उन्मूलन र नेपालको सामाजिक आर्थिक रुपान्तरण को लागी सेवा गर्दै आएको Asta-ja ले च.न.पा. वडा नं ८, स्थित श्री

ताजा समाचार