अाजदेखि गार्इजात्रा पर्व शुरू

काठमाडाैं : अाजदेखि नेवार समुदायको महत्वपूर्ण गार्इजात्रा पर्व शुरू भएको छ । ८ दिन लामो गार्इजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनार्इन्छ । 

नेवार वस्ती रहेका देशका अधिकांश भागमा अाजका दिन एक बर्षभित्र दिवंगत भएका अाफन्तको सम्झना गरिन्छ । स्वर्गीय अाफन्त मानेर गार्इ वा मानिसलार्इ नै गार्इका रूपमा सिंगारी अाफ्नो समुदायमा परिक्रमा गराउने गरिन्छ । 

राजा प्रताप मल्लले पुत्रशोकबाट पीडित अाफ्नी रानीलार्इ दुनियाँले पनि शोक ब्यहोर्नुपर्ने हुनाले शोकबाट मुक्त गर्न गार्इजात्रा शुरू गरेका थिए । मरेका अाफन्तका नाममा गार्इजात्रा निकाली शहर परिक्रमा गराउन राजाले अादेश दिएपछि काठमाडाैं उपत्यकामा गार्इजात्रा शुरू भएको हो । 

गार्इजात्रा व्यंग्यहरू देखाउने पर्व पनि हो । तत्कालीन व्यवस्थाप्रति व्यंग्य गरेको भन्दै २०१७ साल पुस १ गतेपछि यो पर्व देखाउन प्रतिबन्ध लगार्इएको थियो । वि.सं. २०३३ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले महोत्सवका रूपमा गार्इजात्रा मनाएको थियो । 

काठमाडाैंको ठमेल क्षेत्रमा अाज स्वर्ण र रजत अक्षरमा लेखिएका पुस्तकहरू प्रदर्शन गरिन्छ भने पाटनमा सत्ययुगीन धानचामलको नमूना प्रदर्शन गरिन्छ । 

गोरखाको ताकुकोट क्षेत्रमा मनार्इने गार्इजात्रालार्इ नेपालकै विशेष र नमुना मानिन्छ । गोरखाको गार्इजात्रा अहिले काठमाडाैं, ललितपुर र भक्तपुरमा समेत मनाउन थालिएको छ । 

यो जात्रा काठमाडाैं उपत्यकाभित्रका ३ जिल्लाका साथै नुवाकोट, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, सिन्धुपाल्चोक, दोलखा, खोटाङ, भोजपुर, सङ्खुवासभा, इलाम, सुनसरी, मोरङ, पर्सा लगायत नेवार जातीको वस्ती भएका स्थानहरूमा मनार्इन्छ ।

गार्इजात्राका अवसरमा नेपाल सरकारले काठमाडाैं उपत्यकामा र स्थानीय सरकारहरूले नेवार जातीको बसोबास रहेका स्थानहरूमा बिदा घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?