जिसस सप्तरी प्रमुखमा ३ जनाको मनोनयन दर्ता

लोकपथ
39
Shares

सप्तरी । जिल्ला समवन्य समिति सप्तरीको प्रमुखमा तीन जना र उपप्रमुखमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट छेदी अरगरिया यादव र नेपाली कांग्रेसबाट शिव नारायण साह र गुञ्जेश्वरप्रसाद सन्तले प्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् ।

उपप्रमुखमा नेकपा एमालेबाट देवकान्त चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीबाट शम्भुकुमार यादवले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय राजविराजले जनकारी दिएको छ।

यसैगरी खुला सदस्य तीन पदका लागि सात जनाले उम्मेदवारी दिएका छन् । जसमध्ये जनता समाजवादी पार्टीबाट अवधेश मुखिया, माओवादी केन्द्रबाट गुल्टेन यादव, नेपाली कांग्रेसबाट जागेश्वर यादव, एमालेबाट जानुद्दिन मियाँ चुरौटे, रविन्द्र नाथ चौधरी, जनमतबाट बुद्धिलाल चौधरी र लोकतान्त्रिक समाजवादीबाट सत्यनारायण मण्डलले उम्मेदवारी दर्ता गराएका हुन्।

महिलातर्फ तीन पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन् । जनता समाजवादी पार्टीबाट आशा कुमारी तामाङ, आशा देवी झा, जनमतबाट धनवती देवी सरदार, नेपाली कांग्रेसबाट रन्जिता कुमारी चौधरी, नेकपा एमालेबाट बैजानाथ देवी थरुनी र एकीकृत समाजवादीबाट सविता कुमारी साहले उम्मेदवारी दर्ता गराएकी हुन् ।

दलित अल्पसंख्यकतर्फ एक पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । जसपाबाट वलदेव सरदार र एकीकृत समाजवादीबाट बौरही भगतले उम्मेदवारी गर्ता गराएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञावालीले जानकारी दिए ।

प्रमुखमा नेपाली कांग्रेसको टिकटबाट दुई जनाले मनोनयन दर्ता गराएको उनले जानकारी दिए । दुवै जनाले पार्टीको टिकटबाटै मनोनयन दर्ता गराएका छन्,’ मुख्य निर्वाचन अधिकृत ज्ञवालीले भने, ‘पार्टीलेले जसलाई आधिकारिकता दिन्छ ऊ नै उम्मेदवार हुनेछ ।’

जिल्ला समवन्य समिति सप्तरीकोको मतदान १२ असारमा हुँदै छ । नौ पदका लागि २० जनाको उम्मेदवारी दिएका छन्। जिल्ला समवन्य समिति सप्तरीको निर्वाचनमा ३६ जना मतादाता छन् । जसमा कांग्रेस १२, जसपा ८ लोसपा ५ एमाले ४ जनमत २ माओवादी २ र एस २ जना छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?