नेपाल वायुसेवा निगमको महाप्रवन्धकमा वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचन नियुक्त

लोकपथ
28
Shares

नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदमा निगमका वरिष्ठ क्याप्टेन दिपु राज ज्वारचनलाई नियुक्त भएका छन् । नेपाल सरकार मन्त्रिपरिषदको यही असार छ गतेको निर्णय अनुसार उनलाई महाप्रवन्धकको जिम्मेवारी वहन गर्ने गरी नियुक्त गरिएको हो ।

उनले बिहिबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणका अवसरमा सबैबाट पूर्ण सहयोग पाउने अपेक्षाका साथै समग्रतामा सुधारका लागि अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना र सो को लागि रणनीति एवंम कार्ययोजना बनाई सबैलाई साथ लिएर अघि बढने धारणा व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?