दलित भएको थाहा पाएपछि कोठा नदिएको भन्दै प्रहरीकोमा पुगिन् पीडित

लोकपथ
539
Shares

भक्तपुर । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ४ मा दलित भएको कारण कोठा नदिएको भन्दै पीडित उजुरीको लागि प्रहरीको गएकी छिन् ।

चाँगुनारायण नपा वडा नं ४ बस्ने कविता रायमाझी र उनकी आमा गोमा रायमाझीले अन्य मान्छे प्रयोग गरि दलित भएको कारण कोठामा बस्न नदिएको भन्दै मुना दयाल भनिने सम्झना विश्वकर्मा प्रहरीमा पुगेकी हुन् ।

उनले जिल्ला प्रहरी कार्यालय भक्तपुरलाई आफ्नो जात थाहा पाएपछि ‘मेरो घरमा दलित बस्न हुँदैन, सानो जातको मान्छे बस्न हुँदैन, बसेमा सबै कुल देवताले सहँदैन’ लगायत लान्छाना लगाउँदै कोठामा बस्न नदिएको निवेदनमा उल्लेख गरेकी छिन् ।

आफूले २०७९ साल जेठ २५ गते सामानहरु सारिसकेको र केही सामानहरु सार्न बाँकी रहेको अवस्थामा आफूलाई बस्नबाट रोक लगाएको भन्दै जातीय विभेदको कसुर गरेको भन्दै अनुसन्धान गरी न्याय माग्दै निवेदन लेखेकी छिन् ।

यद्यपी जिल्ला प्रहरी कार्यालयले भने दुवै पक्षको कुरा सुनेर मात्रै मुद्दा दर्ताको प्रक्रिया अघि बढाउने भन्दै मुद्दा दर्ता नगरेको पीडितको गुनासो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?