नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा क्याप्टेन दीपुराज ज्वारचन नियुक्त

लोकपथ
35
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी क्याप्टेन दीपुराज ज्वारचनलाई दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेम आलेले मन्त्रिस्तरीय निर्णय गरी निगमको महाप्रबन्धकको जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।

निगमको वर्तमान अध्यक्ष निलम्बनमा परेसँगै महाप्रबन्धक र अध्यक्षको समेत जिम्मेवारी ज्वारचनलाई दिइएको हो ।

ज्वारचन यसअघि निगमको अपरेशन विभाग प्रमुखका रहेका थिए भने उनी एयरबस ३२० जहाजका प्रशिक्षक पाइलट समेत हुन ।

उनी विगत १३ वर्षदेखि निगमका कार्यरत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?