११ असार २०७९, शनिवार

महासागरमा माइक्रोप्लास्टिक्स ‘खुवाउन’ वैज्ञानिकले विकसित गरे रोबोट–माछा

२०७९,असार,९,बिहीवार १४:३०

315
Shares

काठमाडौं । वैज्ञानिकहरूले समुद्रबाट माइक्रोप्लास्टिक हटाउन एउटा सानो रोबोट–माछा डिजाइन गरेका छन् । १३ मिमी–लामो माछा वरिपरि पौडी खेल्छ र उसले शरीरमा माइक्रोप्लास्टिक्स सोस्छ ।

नरम र लचिलो यस माछाको विशेषता हो । पुच्छरमा हल्का लेजर प्रणालीको सहयोगले माछा पौडी खेल्न र लगभग ३० एमएम प्रति सेकेन्डमा फटफट गर्न सक्छ । उक्त रोबोट माछा समुद्रमा उपलब्ध मदर–अफ–पर्ल वा नेक्रेजस्ता तत्वहरूबाट सिर्जना गरिएको हो ।

अध्ययनअनुसार उक्त माछा ५ किलोग्राम छ । यो माछाले विश्वमा बिग्रँदै गएको साना प्लास्टिकजन्य समस्या समाधान गर्न मद्दत गर्ने विज्ञहरूले आशा गरेका छन् ।

‘जलीय वातावरणबाट हानिकारक माइक्रोप्लास्टिक संकलन रोबोट विकास गर्नु ठूलो महत्वको विषय हो’, सिचुआन विश्वविद्यालयको पोलिमर अनुसन्धान संस्थानका शोधकर्ता युयान वाङ भन्छन् । वाङ उक्त अध्ययन टोलीका नेता हुन् ।

उक्त अध्ययन नानो लेटर्समा प्रकाशित छ ।

प्रकाशित मिति: २०७९,असार,९,बिहीवार १४:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

१  काठमाडौंमा पछिल्लो तीन दिनमा ५ जनामा हैजा संक्रमण, नमुना परीक्षण गर्दा पिउने पानीमा दिसामा पाइने जिवाणु फेला, हैजा फैलनुको

काठमाडौं । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ। सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीले भूकम्प पीडितको उद्धार प्रभावित भएको छ । ६ दशमलब १ म्याग्न्च्यिुडको सो भूकम्पमा

ताजा समाचार

प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा खड्का
 २०७९,असार,१०,शुक्रवार २१:१६