काठमाडौं । काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गरेको छ ।
२०६८ सालमा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था कार्यान्वयन गराउन साउन १ गतेबाट कार्यान्वयन गर्ने गरी यसप्रकारको अनुरोध गरेको हो ।
ऐनमा फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । यसरी छुट्ट्याएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्नेछ ।
उत्पादकले फोहोर संकलकलाई मिसिएको फोहोर दिए एक पटकमा ५ सय रुपैयाँ जरिवाना गर्न सक्ने कानुनी प्रबन्ध छ ।
फोहोर व्यवस्थापन सम्बन्धी कानुनी व्यवस्थालाई कार्यान्वयन गर्न उत्पादकको दायित्व पूरा हुने महानगरको अपेक्षा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया