दुई करोड ३२ लाख रूपैयाँ बराबरको बैंकिङ कसूर मुद्धाका फरार प्रतिवादी पक्राउ

लोकपथ
77
Shares

भक्तपुर । बैकिंङ कसूर मुद्दाका फरार प्रतिवादी खोटाङ हलेसी नगरपालिका–६ स्थायी ठेगाना भई हाल भक्तपुर सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ ।

विभिन्न १० जना व्यक्तिहरुलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी दुई करोड ३२ लाख ४० हजार रूपैयाँ बराबरको बैंकिङ कसूर गरी फरार रहेका घिमिरेलाई प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?