काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् ।
मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् । उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँकहाँ गर्न पाइन्छ कहाँकहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए ।
उनले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नगर्न आग्रह गरे । प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको उनले बताए । महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।
महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए। उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरे । अधिकारीले विमानस्थल स्ट्याण्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए ।
उहाँले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङभन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे । उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । अधिकारीले कम्पनीहरुले लाइलटहरु थपेर सेवालाई सुरक्षित बनाएमात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताए ।
महानिर्देशक अधिकारीले त्रिभूवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटासमेत विमान राखिने गरेको बताए । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाइ छ । अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए ।
महानिर्देशक अधिकारीले प्राधिकरणको निर्णय कुनै एउटा कम्पनी वा व्यक्ति विशेष नभएर समग्रलाई भएको बताए । उनले यो निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने प्राधिकरण सहयोग गर्न तयार रहेको बताए । अधिकारीले विमान कम्पनीहरुले प्राधिकरणको निर्णयमा कोशिस गर्नुपर्ने बताए ।
महानिर्देशक अधिकारीले नेपालको हवाई सेवा निजी र सरकार दुवैको महत्वपूर्ण योगदानको कारण अहिले यो स्थानमा रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया