काठमाडौं । राजधानीस्थित पुरानो वानेश्वरमा स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिवीरुद्ध सरकारी सवारी साधनमा अवरोध गर्दा महिला नेतृ कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछि हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै , पुरानो बानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केही बेर प्रहरीसँग तनाव भएको थियो। प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ।

आन्दोलनको नेतृत्व गरेकी पोखरेलले सरकारले गरेको अस्वभावीक मूल्यवृद्धिको असर जनताले भोग्नुपर्ने बाध्यता स्वीकार्य भन्दै तत्काल मूल्य वृद्धि फिर्ता नलिए हामी थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया