काठमाडौं । लेखक सुरेश प्राञ्जलीको दोस्रो उपन्यास ‘पानीघट्ट’ लोकार्पण गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठानमा सोमबार आयोजित विशेष कार्यक्रममा आप्रवासनविद् गणेश गुरुङ, लेखक एवम् अभिनेता खगेन्द्र लामिछाने, वरिष्ठ लोक गायिका शर्मिला गुरुङ र लेखक सुरेश प्राञ्जलीले संयुक्त रुपमा पुस्तक लोकार्पण गरे ।
कार्यक्रममा लेखक प्राञ्जलीसँग अभिनेता लामिछानेले पुस्तक एवम् यसको भाषिका आदिका विषयमा आधारित रहेर अन्तर्संवादसमेत गरे । उक्त अवसरमा आप्रवासनविद् गणेश गुरुङले प्राञ्जलीको उपन्यासको विषय एवं प्रभाव आदि विषयमा आफ्नो मन्तव्य राखे । नेपालको इतिहासको एउटा कालखण्डको एउटा भूगोलमा दुई विभिन्न जातिको बीचमा एकदम मार्मिक तवरले चित्रण गरिएको प्रेमकथालाई सूक्ष्म रुपमा चित्रण गरेको उनले बताए ।
तीस र चालिसको दशकको गण्डकी भेगको ग्रामीण समाजमा एउटी महिलाले विवाहअघि र पछि बेहोर्नुपरेको कहरलाई ‘पानी’ र ‘घट्ट’को बिम्बात्मक चित्रमा उतारिएको उपन्यासमा कथ्य भाषाको प्रयोग गरिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया