एसपीपी अस्वीकार गर्न सरकार तयार, अमेरिकालाई पत्र लेखेर जानकारी गराउने

लोकपथ
154
Shares

काठमाडौं । विवादित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई सरकारले अस्वीकार गर्ने भएकाे छ ।

मन्त्रिपरिषद्‍काे अ‍ाज बसेकाे बैठकले उक्त निर्णय गरेकाे हाे र। यसकाे लागि सरकारले अस्वीकार गरेर पत्र लेख्ने निर्णय गरेको छ ।

एसपीपी सम्झौतालाई लिएर राजनीतिक दलहरूबीच विवाद विगत केहि दिनदेखि चर्काचर्कि चलिरहेकाे थियो ।

पहिलो पटक सन् २०१५ मा नेपाली सेनाले एसपीपीकाे लागि पत्र लेखेको थियो ।

तत्कालीन समयमा एसपीपी इन्डो प्यासिफिक सैन्य रणनीतिमा अन्तर्गत नभएपनि पछि यसलाई इन्डो प्यासिफिक रणनीतिमा समावेश गरिएकाे थियाे । यही कारणा नेपालमा याे विवादित बन्न पुगेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?