पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा राप्रपा नेपालको राँके जुलुस

लोकपथ
245
Shares

काठमाडाैं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै राप्रपा नेपालको भातृ संगठनले निकाले राँके जुलुस गरेकाे छ ।  राप्रपा नेपाल सम्वद्ध जनवर्गिय संगठनहरुले पेट्रोलियम पदार्थको चर्को मूल्य वृद्धिको विरोध गर्दै अहिले साँझ राँके जुलुस प्रदर्शन गरेका हुन् ।

काठमाडौंको विशालनगरबाट शुरु भएको जुलुस भाटभटेनी हुँदै बालुवाटार प्रवेश गरेको थियो । बालुवाटार राष्ट्र बैंक अगाडिबाट बढ्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको पार्टीका केन्द्रिय सदस्य पुरु दाहालले जानकारी दिए ।

जुलुसमा मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने, कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनुपर्ने, भ्रष्ट ,दलाल , घुसखोरलाई कार्बाही हुनुपर्ने जस्ता नारा लागेको थियो । युबा संगठनका अध्यक्ष कैलाश कटुवालले मूल्य वृद्धि फिर्ता नलिए विरोध थप चर्काएर लैजान्ने बताए ।

जुलुशलाई कटवाल लगायत युवामोर्चाका नेता गृश्म विक्रम मल्ल , विद्यार्थी संगठनका चेतराज सिंह, सचिन अधिकारीलगायत नेताले नेतृत्व गरेका थिए । पार्टीका उपाध्यक्ष लाक्पा तामाङ लगायत पार्टी नेताहरुसमेत जुलुसमा सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?