मूल्यवृद्धिको विषयमा जवाफ दिन सरकारलाई सभामुखको ‘रुलिङ’

लोकपथ
52
Shares

काठमाडौं । संघीय संसदमा सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो समय भइरहेको मूल्यवृद्धिको विषयमा जवाफ दिन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मूल्यवृद्धिको विषयमा सरकारले जवाफ नदिँदासम्म संसद चल्न नदिने भन्दै अवरोध गरेको थियो । सो क्रममा सभामुख सापकोटाले मूल्यवृद्धिको विषयमा आफ्नो पनि ध्यानाकर्षण भएको र सरकारले जनाफ दिनका लागि निर्देशन दिएको बताए ।

पछिल्लो समय सरकारले अत्याधिक मात्रामा मूल्यवृद्धि भइरहेको छ । आइतबार रातिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?