बजेट सन्तुलित र न्यायोचित भएन : सांसद दाहाल

लोकपथ
78
Shares

काठमाडौं । नेकपा (एमाले)की राष्ट्रियसभाका सांसद तुलसाकुमारी दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेश गरेकी छिन् ।

सोमबार राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयक-२०७९ को विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद दाहालले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको लैंगिक हिंसा निवारण तथा मानव अधिकार नियन्त्रण तथा रोकथामका लागि सरकारले उपयुक्त र प्रभावकारी कार्यक्रम नल्याएको भन्दै यस शीर्षकको खर्च रकम घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी हुन्।

उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित र न्यायोचित नभएको दाबी समेत गरिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?