सिसडोल ल्याण्डफिल्ड साइटमा फुटबल रंगशाला बनाउने चाहना छ : मेयर शाह

लोकपथ
49
Shares

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंको फोहोर अन्तिम व्यवस्थापन हुँदै आएको सिसडोल ल्याण्डफिल्ड साइटमा रंगशाला निर्माण गर्ने चाहना रहेको बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ्सँग फुटबल विकासका सन्दर्भमा कुरा गर्दै प्रमुख शाहले यस्तो बताएका हुन् । ‘सिसडोल ल्याण्डफिल्ड साइटको फोहोरलाई उचित व्यवस्थापन गरेर हामी सुन्दर रंगशाला तथा पार्क निर्माण गर्न चाहन्छौँ । काठमाडौंको टुँडिखेललगायत महानगरका अन्य पार्क र मैदानमा फ्लड लाइट जडान गरेर राती खेल्न मिल्ने बनाउँछौँ ।’ प्रमुख शाहको भनाइ छ ।

कुराकानीका क्रममा उनले काठमाडौंबाट लिग खेल्ने खेलाडी उत्पादन गर्न ग्रासरुट फुटबलका कार्यक्रम सञ्चालन गर्न चाहेको बताए । ‘यसका लागि सम्बन्धित पक्षसँग सहकार्य गर्छौँ ।’ प्रमुख शाहले भने, ‘अहिले पनि काठमाडौँ महानगरले महानगरमा भएका ‘ए डिभिजन’, ‘वि डिभिजन’ र ‘सी डिभिजन’ फुटबल क्लबहरुलाई खेल सञ्चालन गर्न आर्थिक सहयोग उपलब्ध गराइरहेका छौँ ।’

नेपाली फुटबलको विकास र विस्तार गर्न आफूहरु महानगरसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै एन्फामा वरिष्ठ उपाध्यक्ष नेम्बाङ्ले, सुशासन, आर्थिक पारदर्शिता र विकेन्द्रीकरणलाई व्यवहारमा लागू गर्दै नेपाली फुटबललाई अगाडि बढाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?