सशस्त्र प्रहरीका ३७ डिएसपी एसपी बन्दै (नामावलीसहित)

लोकपथ
168
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलका ३७ प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएको छ ।

सशस्त्र प्रहरीको मुख्यालय हलचोकमा बसेको बढुवा समितिको बैठकले असार ५ गतेको निर्णयले ३७ डिएसपीको एसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवामा परेका ३७ डिएसपीको नामावली समेत सार्वजनिक गरेको छ ।

बढु्वा सिफारिसमा पर्ने पहिलो नम्बरमा टोपबहादुर डाँगी रहेका छन् । त्यसपछि क्रमशः हस्तबहादुर गुरुङ, तुलबहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल, उद्धव बहादुर रावल, शिवप्रसाद गैह्रे लगायत रहेको प्रहरी प्रधान कार्यालय हलचोकले जनाएको छ ।

त्यसैगरी बढुवामा चित्त नबुझे ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिमितसमक्ष उजुरी समेत दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?